एकाबिहानै निषेधाज्ञा उल्लंघन गर्ने ५ सय मानिस र २ सय बढी सवारीलाई कारबाही - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एकाबिहानै निषेधाज्ञा उल्लंघन गर्ने ५ सय मानिस र २ सय बढी सवारीलाई कारबाही



काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।

प्रहरीले लकडाउनको समयमा सञ्चालन भएका सवारी साधन कोटेश्वर, बानेश्वर, जावलाखेल, त्रिपुरेश्वर, कलंकीलगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

ट्राफिक महाशाखाका प्रवक्ता वामदेव गौतमले पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने बताए ।

त्यस्तै उनले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको बताए ।

आज बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको छ । ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो ।