उपत्यका भित्रका बैंक र शाखा नखोल्न निर्देशन
काठमाडौं- उपत्यका भित्रका बैंकका शाखा नखोल्न नेपाल बैंकर्स संघले निर्देशन दिएको छ । निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि संघले आज शाखा नखोल्न निर्देशन दिएको हो ।
प्रहरीले कर्मचारीलाई दुःख दिएको कारण आज बैंक नखोल्न निर्देशन दिएको नेपाल बैंकर्स संघका अध्यक्षले बताएका छन् ।
काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् ।
बैंकका सीईओलाई समेत बाटैमा रोकिएको बैंकर्सहरु बताउँछन् ।
बैंकर्स संघ र सीडीओको समन्वयमा हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकिएको बताइएको छ ।
ट्राफिक प्रहरी महाशाखाले भने आफूहरुले माथिको आदेश बमोजिम काम गरिरहेको बताएको छ ।