उपत्यकामा निषेधाज्ञासँगै यी क्षेत्रमा लगाइयो पूर्ण प्रतिबन्ध
काठमाडौं- उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा आज (बुधबार) राति १२ बजेबाट एक साता निषेधाज्ञा घोषणा गरिएको छ ।
तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको संयुक्त बैठकले एक सताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । श्रोतका अनुसार भदौ ३ गते देखि भदौ १० गेतसम्म एक साता निषेधाज्ञा जारी गर्ने बैठकको निर्णयमा छ ।
निषेधाज्ञापछि अब अत्यावश्यक बाहेकका सरकारी, निजी तथा गैरसरकारी संस्थाका कार्यालय खोल्न पाइनेछैन । अत्यावश्यक बाहेक मानिसको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।
यस्ता चाहन पूर्णरूपमा प्रतिवन्ध गरिएका र खुला हुने क्षेत्र
- अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध
- अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
- अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
- काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
- नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने
- मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
- फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध
- होटल, रेष्टुँरा सञ्चालन निषेध
- शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध