तोकेको बेड नछुट्याउने निजी अस्पताललाई सिधै कारबाही - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

तोकेको बेड नछुट्याउने निजी अस्पताललाई सिधै कारबाही



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’ ले सरकारको निर्णय पालना नगर्ने निजी अस्पताल तथा मेडिकल कलेज र प्रतिष्ठानहरुलाई पीसीआर परीक्षणको अनुमति खारेज गर्ने निर्णय गरको छ।

कोभिड १९ को उपचारको लागि निजी अस्पतालले २० प्रतिशत र मेडिकल कलेज र प्रतिष्ठानहरुले एक तिहाई बेड नछुट्याए त्यस अस्पतालमा नेपाल सरकारले पीसीआर परीक्षण गर्न दिएको अनुमति खारेज गर्ने निर्णय गरको हो।

एकतिहाई बेड छुट्याउने मेडिकल कलेज तथा प्रतिष्ठानलाई ल्याब सञ्चालनको अनुमति दिने निर्णय भएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयले निजी अस्पताललाई २० प्रतिशत र मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एक तिहाई बेड कोभिड १९ उपचारको लागि छुट्याउन निर्देशन दिएको थियो।