रक्षामन्त्री पोखरेललाई पर्यटनमन्त्री भटराईले बैठकमै थर्काएपछि... - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

रक्षामन्त्री पोखरेललाई पर्यटनमन्त्री भटराईले बैठकमै थर्काएपछि…



काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई भनाभन भएको खुलेको छ ।

रक्षामन्त्री पोखरेलले दुवईमा अलपत्र नेपाली तत्काल नल्याउन परराष्ट्रमन्त्रालयलाई पत्र नै लेखेर उद्दारका लागि गएको विमान नै खाली नेपाल फर्किने अवस्थाको सृजना गरेको भन्दै मन्त्री भट्टराईले सीसीएमसीको बैठकमै थर्काएको स्रोतले जनाएको छ ।

सोमबार दुवईमा अलपत्र परेका नेपालीलाई नल्याई नेपाल एआरलाइन्सको विमान काठमाडौं फकिएपछि रक्षामन्त्री पोखरेल र पर्यटनमन्त्री भट्टराईबीच एक आपसमा भनाभन नै भएको हाे ।

मंगलबार सीसीएमसीको बैठकमै दुुई मन्त्रीहरुबीच भनाभन भएको र मन्त्री भट्टराईले पोखरेललाई थर्काएको समेत स्रोतले बताएको छ । स्रोतका अनुसार भट्टराईले पोखरेलको उक्त कदमले सरकारकै बदनाम भएको र गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको आरोप लगाएका थिए ।

दुवईमा अलपत्र भएका २ सय ६६ नेपाली श्रमिक सोमबार राति नै नेपाल फर्कन तयार भएर दुबई एयरपोर्ट पुगेका थिए । कोरोना संक्रमणका कारण लामो समयदेखि अलपत्र भएका उनीहरू लामो प्रोसेस गरेर एयरपोर्ट पुगेको बताइएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा यूएई पुगेका उनीहरु लामो समयदेखि स्वदेश फर्कन पाएका थिएनन् । कोरोनाको कारण लामो कागजी प्रक्रिया, कोरोना परीक्षण लगातका सबै प्रक्रिया पूरा गरी उनीहरु एयरपोर्ट आएको भएपनि अन्तिम समयमा उनीहरु एयरपोर्टमै अलपत्र परे ।

ती २ सय ६६ जनालाई लिन गएको नेपाल एयरलाइन्सको जहाज मंगलबार बिहान रित्तै फर्किएसँगै उनीहरु निराश बने । यो घटनामा श्रमिकमाथि अमानवीय व्यवहार भएको भन्दै चौतर्फी आलोचना भएको छ ।

यसरी सबै प्रक्रिया पूरा गरेर पनि ती नेपालीहरु स्वदेश फर्कन नपाउनुको कारण भने इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) हो।

सीसीएमसीका संयोजक रक्षामन्त्री ईश्वर पोखरेलले पराराष्ट्रमन्त्री प्रदिप ज्ञावली मार्फत अलपत्र नेपालीहरुलाई तत्काल नेपाल नल्याउन पत्रचार गरेका थिए। क्वारेन्टाइनको समस्या देखएर जहाज फिर्ता बोलाइएको थियो ।