झण्डा जलाउने पक्राउ, २ वर्षसम्म जेल सजाय हुनसक्ने - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

झण्डा जलाउने पक्राउ, २ वर्षसम्म जेल सजाय हुनसक्ने



काठमाडौं- नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो युट्युबमा राख्ने ग्लालेन दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले तामाङ्लाई भगवान पाउँबाट पक्राउ गरेको हो । उनीसँगै सीआइबीले भिडियो इडिट गर्ने सन्जय लामा, कोमल लोप्चन, भिडियोमा खेल्ने अरुन टिटुन, मोडल लवाङ तामाङ, एरेन्जर प्रयास दोङलाई पक्राउ गरेको जनाएको छ ।

अन्य १ जनालाई महानगरीय अपराध महाशाखाको समन्वयमा मकवानपुरको हेटौडा र २ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

​भदौ १ गते मंगोलहोप अफिसियल नामका युट्युब च्यानलमा ‘देशद्रोहि’ नाममा आपलोड भएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो ।

भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड लगायतका नेताका फोटो जलाइएको छ भने गीतमा आपत्तिजनक शब्दहरुको पनि प्रयोग गरिएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता–२०७४ जात, जाति सम्प्रादय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउने कसुर गर्ने वा गराएको अभियोगमा दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।