चीनले बनाएको खोप बजारमा आउँदै - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

चीनले बनाएको खोप बजारमा आउँदै



एजेन्सी–चिनियाँ कम्पनी सिनो फार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार गर्ने घोषणा गरेको छ।

सिनो फार्मका अध्यक्ष लिउ जिंगझेनले खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई)मा चलिरहेकाले आगामी डिसेम्बरसम्ममा बजारमा आउने अपेक्षा गरिएको जनाएका छन्।

अध्यक्ष लिउले आफैंले खोप लिएको जनाउँदै यसको कुनै साइड इफेक्ट्स नभएको जनाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

उक्त कम्पनीको बेइजिङ र वुहानमा रहेको प्लान्टबाट क्रमशः १०.२ करोड र १० करोड डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको जनाइएको छ। यसको २ डोजको मूल्य १००० युआन हुनेछ। तर यो मूल्य महंगो पर्ने भन्दै चिनियाँ सामाजिक सञ्जालहरुमा चिन्ता व्यक्त गरिएको छ।

हाल विश्वभर कोरोनाको २ सय खोपको परीक्षण चलिरहेको छ, जसमध्ये २० वटा खोप मानव परीक्षणका लागि तयारको स्तरमा पुगेको दाबी गरिएका छन्।