भदौ १०सम्म काठमाडौँमा निषेधाज्ञा घोषणा: व्यवसाय र सवारी बन्द - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

भदौ १०सम्म काठमाडौँमा निषेधाज्ञा घोषणा: व्यवसाय र सवारी बन्द



काठमाडौँः काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञाको निर्णय गरेको हो।

कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ। अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्‍द हुनेछन्।