आईपीएलको नयाँ स्पोन्सर 'ड्रिम–११': अमेजन, पतंजली र टाटाले पाएनन् - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

आईपीएलको नयाँ स्पोन्सर ‘ड्रिम–११’: अमेजन, पतंजली र टाटाले पाएनन्



मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ टाइटल स्पोन्सर पाएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज ड्रिम–११ लाई नयाँ टाइटल स्पोन्सर घोषणा गरेको हो।

स्पोन्सरका लागि ड्रिम–११ ले तीन अर्ब ५५ करोड रूपैयाँ (२२२ करोड भारतीय रूपैयाँ) प्रदान गर्ने भएको छ। बीसीसीआईसँग पछिल्लो महिना चीनको मोबाइल कम्पिनी भिभोले सम्झौता रद्द गरेपछि उसले नयाँ स्पोन्सरको खोजी गरिरहेको थियो।

नयाँ टाइटल स्पोन्सरका लागि बीसीसीआईले गत अगस्ट १४ तारिकमा एक सूचना जारी गर्दै कम्पिनीहरुलाई आह्वान गरेको थियो। जसका लागि आवेदन दिएका अमेजन, पतंजली, टाटा सन्सलगायतका क्लबलाई पछि पार्दै ड्रिम–११ले स्पोन्सरको बाजी मारेको हो।

तर, ड्रिम–११ पनि पनि चिनियाँ लगानी भएको भन्दै भारतमा विरोध भएको छ। चीनको टेक कम्पनी टेन्सेन्ट होल्डिङ्सले सन् २०१८ मा ठूलो रकम लगानी गरेको थियो। तर ड्रिम–११ भने भारतीय हो, जसको स्थापना हर्ष जैन र भावित सेठले गरेका थिए।

बीसीसीआईले गत वर्षको भन्दा आधा रकममा नै आउँदो सिजनको स्पोन्सर बेचेको भारतीय मिडियाले जनाएका छन्। अघिल्लो वर्ष आईपीएलको टाइटल स्पोन्सरका रुपमा भिभोले सात अर्ब रूपैयाँ (४४० करोड भारू) खर्च गरेको थियो।

ड्रिम–११को नयाँ स्पोन्सर आउँदो डिसेम्बर अन्तिमसम्म मान्य हुनेछ।