बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु



काठमाडौं- बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा उपचाररत कोरोना संक्रमित ५५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको राति ११:४५ बजे मृत्यु भएको हो ।

एसपी रानाका अनुसार निमोनियाँ, खोकीको समस्या देखिएपछि उनलाई गत साउन ३० गते नर्सिङ होम भर्ना गरिएको थियो। साउन ३२ गते स्वाब संकलन गरिएको थियो।

उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको हो भने त्यही राति पीसीआर परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको उनले बताए।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अहिले बिहान १० बजेतिर नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको एसपी रानाले जानकारी दिए।