ओली-प्रचण्डले किन बोलाए देउवालाई बालुवाटार ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ओली-प्रचण्डले किन बोलाए देउवालाई बालुवाटार ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।

नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले सभापति देउवासँग भेट गरेका हुन्।

भेटमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेस नेता रमेश लेखक पनि सहभागी छन्। प्रधानमन्त्री ओलीले विभिन्न विषयमा छलफल गर्न बोलाएपछि सभापति देउवा बालुवाटार गएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

संवैधानिक अंगहरूमा रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा उनीहरुबीच छलफल भइरहेको बताइएको छ।

कोरोना भाइरसको महामारीपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच यसअघि पनि विभिन्न समयमा छलफल भएको छ।