भारतको ‘भयावह’ रुप: २४ घण्टामा विश्वकै बढी संक्रमण र मृत्यु - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारतको ‘भयावह’ रुप: २४ घण्टामा विश्वकै बढी संक्रमण र मृत्यु



काठमाडौं- पछिल्लो समय छिमेकी देश भारतमा कोरोना भाइरसले ‘भयावह’ रुप लिंदै गएको छ ।

कोरोना भइरसबाट हुने संक्रमण र मृत्युमा भारतले विश्वका सबै देशलाई उछिनेको छ । संक्रमण र मृत्युदर उच्च रहेका अमेरिका र ब्राजिल भन्दा पनि भारत अगाडि देखिएको छ । पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु भारतमा भएको छ । भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणको कारण भारतमा ९६० जनाको ज्यान गएको छ । त्यसैगरी ५८ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु र संक्रमितको यो संख्या विश्वका अन्य सबै देशको भन्दा धेरै हो ।

यसबीचमा संक्रमणको कारण ब्राजिलमा ५५२ र अमेरिकामा ५सय २२ जनाले नै ज्यान गुमाएका छन् । यस्तै अमेरिकामा ३६ हजार ८४३ र ब्राजिलमा २२ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण चार हजार ५२५ जनाको ज्यान गएको छ दुई लाख १२ हजार १९५ जनामा संक्रमण पुष्टि भएको छ ।