भोली एसईईको परीक्षाफल - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

भोली एसईईको परीक्षाफल



काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ।

बोर्डले मगलबारभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी भइरहेको छ। यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

स्रोतले अन्तिम तयारी भइरहेको र मंगलबारभित्र नतिजा प्रकाशन गरिसक्ने जानकारी दियो।

बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि साहमतिका लागि सिसिएमसि मार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। मन्त्रिपरिषदको बैठकले साबधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो।