करिब ३ लाख संक्रमित एकैदिन थपिए
एजेन्सी- पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९४ हजार २३७ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा बढी।
विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ८७ हजार ९६४ कोरोना संक्रमित थपिएका थिए।
अहिलेसम्म सबैभन्दा बढी एकै दिन धेरै अगस्ट १ मा २ लाख ९७ हजार १३९ हजार जना कोरोना संक्रमित थपिएका थिए।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ५५ हजार ७८६ को ज्यान गइसकेको छ। संक्रमितको संख्या २ करोड १० लाख २६ हजार ७५८ पुगेको छ।
गएको डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा पहिलोपटक कोरोना भाइरस देखा परेको थियो।