बिहानै थपिए ८० जना नयाँ सङ्क्रमित - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

बिहानै थपिए ८० जना नयाँ सङ्क्रमित



चितवन – प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका ५ जिल्लामा गरी ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पर्साका ४५ र बाराका दुई गरी ३७ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

यस्तै चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा राति अबेर गरिएको परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् ।

त्यस्तै गण्डकी प्रदेशका कास्कीका ५ र तनहुँ १ गरी ६ जनामा कोरोना सङ्क्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिएका छन् ।

पछिल्लो पटक थपिएका सङ्क्रमितको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आधिकारिक जानकारी दिनेछ ।