ग्रामीण क्षेत्रमा पनि फैलियो कोरोना - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

ग्रामीण क्षेत्रमा पनि फैलियो कोरोना



पर्सा- वीरगन्ज महानगरको समुदायमा मात्रै फैलिरहेको कोरोना भाइरस संक्रमण संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिन थालेको छ।

पर्साको पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकामा समेत संक्रमितको संख्या बढ्दै गएको पाइएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

शनिबार गरिएको पीसीआर परीक्षणमा पोखरिया नगरपालिकामा २ महिलासहित १२ जना, पर्सागढी नगरपालिकामा २ जना र भौराटारमा १ जनामा संक्रमण पुष्टि भएको छ। पर्साका ग्रामीण भेग देउरवाना, भौराटार, विरूवागुठी, विन्दवासनी लगायतमा संक्रमित रहेको डा. सिंहको भनाइ छ।

यससँगै वीरगन्ज महानगरपालिकाको नारायणी अस्पतालका २ जना, श्रीपुरका ४ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर १२ मुर्लि र पानीटंकीका ४ जना लगायत छपकैया, विर्ता, भिष्वा शोलखपुर, पिप्राका एकएक जना संक्रमित थपिएका छन्।

बाराको महागढीमाई नगरपालिका र कलैयाका एक एक जना संक्रमित थपिएका छन्।