कोरोना निको भएर घर जाँदा छिमेकीले लखेटेपछि... - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

कोरोना निको भएर घर जाँदा छिमेकीले लखेटेपछि…



इटहरी- सुनसरीको इटहरी–५ का २७ बर्षीय एक युवाले शुक्रबार विहान फेसबुकमा लेखे, ‘कोरोनाको विश्वयुद्ध जितेर सातौं दिनमा अस्पतालबाट फर्किदैछु ।’

फेसबुकमा स्वागत तथा बधाई भन्दै कमेन्टको बर्षा भइरहँदा उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान छाड्दै थिए ।

कोरोना भाइरस संक्रमण मुक्त हुन पाएकोमा उनी दंग थिए । घर फर्किन पाउने भएर उत्तिकै उत्साहित थिए । तर बाहिरको वातावरण अर्कै बन्यो । छरछिमेकीले उनलाई घरमा बस्न दिएनन् ।

‘हामीलाई रोग सरे को जिम्मेवारी हुन्छ भन्दै छिमेकीले बहिष्कार गरे,’ उनले भने,‘घरमा तालाबन्दी गर्नेसम्मको धम्की दिएपछि बाध्य भएर होटलमा बस्न थालें ।’

उनले कहिलेसम्म होटलमा बसेर निरोगिता पुष्टि गर्नुपर्ने हो ? उनलाई खेद्ने समाजले भनिदिएन् । ‘आज अरुलाई पर्ने समस्या भोलि आफूलाई पर्छ भन्ने कस्तो नबुझेको,’ उनले भने, ‘रोगभन्दा पनि समाजले मार्ने रहेछ ।’

धनुषा जनकपुर बस्दै आउका उनलाई १८ दिनअघि ज्वरो आएको थियो । उनी स्वास्थ्य जाँचका लागि १९ गते धरान गए । चिकित्सकको सल्लाह अनुसार उनी स्वाब दिएर घरमा ‘आइसोलेट’ भएर बसेका थिए ।अन्नपूर्ण पोष्टले लेखेको छ ।

श्वासप्रस्वासमा सामान्य समस्या थियो । साउन २२ गते उनमा कोरोना पोजेटिभ पुष्टि भयो । उनी अघिल्लो शुक्रबार अस्पताल भर्ना भएका थिए । उपचारपछि गत बुधबार स्वाब जाँच गर्दा नेगेटिभ आएपछि शुक्रबार घर फर्किएका थिए ।