पत्रकार नै ठगी धन्दामा: 'सीआईबी' नाममा ठगी - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

पत्रकार नै ठगी धन्दामा: ‘सीआईबी’ नाममा ठगी



काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नाममा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

धादिङ घर भई काठमाडौं बस्दै आएका र पत्रकारितामा आबद्ध रहेको बताउने शंकरप्रसाद अधिकारीलाई सीआईबीले पक्राउ गरेको हो ।

बिहीबार पक्राउ परेका अधिकारीबारे सीआईबीले शुक्रबार जानरकारी दिएको हो ।

‘काठमाडौंका एक व्यवसायीलाई ‘अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भएको छ । मुद्दा हेर्ने सीआईबीका इन्सपेक्टरले ५ लाख रुपैयाँ दिएमा मुद्दा ढुस (रद्द) बनाउने नत्र कुनै पनि समयमा तपाईंलाई प्रहरीले पक्राउ गर्छ’ भनी, डर त्रास देखाइ, धम्क्याइ, सीआईबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेको,’ भन्दै अधिकारीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

अधिकारीले आफू ‘आलोचना साप्ताहिक’मा काम गर्ने पत्रकार भएको बताउने गरेको पनि सीआईबीले जनाएको छ । उनले अन्य व्यक्तिलाई पनि विभिन्न बहानामा ठगी गरेको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।