प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अधिकृत कोरोना संक्रमित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अधिकृत कोरोना संक्रमित



बुटवल- प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुटवलस्थित सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले एकजना अधिकृतमा संक्रमण पुष्टि भएको जानकारी दिए।

मन्त्रालयका एक कर्मचारीका अनुसार उनी बिहीबार साँझसम्म मन्त्रालयकै कोरोना रोकथाम र सूचना अपडेटको काममा खटिएका थिए।

मन्त्रालयको स्वास्थ्य महाशाखाकै अधिकारीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार सामाजिक विकास मन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब संकलन गरिएको छ।