सिन्धुपाल्चोकमा भीषण पहिरो, २२ घर पुरिए
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ ।
पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने अन्य केही घर जोखिममा परेका छन्।
प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
घटनाका बारेमा थप विवरण आउन बाँकी छ।