काठमाडौंमा एकैदिन १३९ जना संक्रमित थपिए - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

काठमाडौंमा एकैदिन १३९ जना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना कोरोना संक्रमित थपिएका छन् ।