प्रचण्ड निवासमा ड्राइभर र भान्सेलाई पनि कोरोना संक्रमण - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रचण्ड निवासमा ड्राइभर र भान्सेलाई पनि कोरोना संक्रमण



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा रहेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै निवासमा खटिएका ६ जना सुरक्षाकर्मीलाई संक्रमण भएको थियो ।

प्रचण्ड निकट स्रोतका अनुसार संक्रमितहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको बताइएको छ । प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

हाल नेकपा अध्यक्ष प्रचण्डसहित उनका सबै परिवारका सदस्यहरु होम आइसोलेसनमा बसेका छन्। प्रचण्ड आइसोलेसनमा बसेपछि दुई अध्यक्षबीच वार्ता तथा छलफल हुन सकेको छैन ।