कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

कान्तिपुरका वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता



काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन् ।

उनी तीन दिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर दैनिकका तर्फबाट उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले प्रहरीले अनुसन्धान गरिररहेको बताए । बानियाँ परिवारका सदस्यले अपराध महाशाखालाई पनि हराएकोबारे जानकारी दिएका छन् ।

स्थायी घर तनहुँ भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।

उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ।