जन्मदिनमा कोरोना उपहार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जन्मदिनमा कोरोना उपहार



काभ्रे- प्रत्येक बर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ठ काम गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आएका धुलिखेल वडा–७ का ९२ बर्षका बृद्ध समाजसेवी यसबर्ष जन्मदिनकै दिन कोरोना संक्रमित भएपछि धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार गराइँदैछ ।

उनी धुलिखेल बिकासका लागि अहोरात्र खटिने व्यक्ति भएकै कारण समाजका हरेक व्यक्तिले उनको सम्मान र सत्कार गर्नु स्वभाविकै हो । सोमबार धुलिखेल अस्पतालमा उनलाई भर्ना गरेको थाहा पाउने वित्तिकै उनको स्वास्थ्य लाभको कामना सहित भेट्नेको घुईचो नै लाग्यो ।

परिवार, आफन्त, शुभचिन्तक, समाजसेवी मात्र नभई उनलाई धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सकहरुले पनि भेटेर स्वास्थ्य लाभको कामना गरे ।

धुलिखेलमा अस्पतालको परिकल्पना गर्ने स्थानीय समाजसेवी भएकाले अस्पतालमा परिवार मात्र नभई अस्पतालमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरुले पनि उनलाई भेटेको पारिवारिक स्रोतले जनाएको छ ।

धुलिखेल नगरपालिका, धुलिखेल खानेपानी, धुलिखेल अस्पताल, काठमाडौ विश्व विद्यालय जस्ता ठूला ठूला योजना धुलिखेलमा भित्र्याउने योजनाकारमध्ये उनी पनि एक हुन् । लामो समयदेखि उनी काठमाडौको नयाँ बानेश्वरमा छोरा बुहारीका साथमा बस्दै आएको समाचारपत्रले लेखेको छ ।

दुई दिन अघि उनलाई ज्वरो आएको र पिसाप बन्द भएका कारण नियमित परिक्षण गराउँदै आएको धुलिखेल अस्पतालमै उनलाई काठमाडौबाट ल्याइएको परिवारका सदस्यले जनाएका छन् ।