नुवाकोटमा सेना परिचालन
नुवाकोट- कोरोनाको जोखिम उच्च बन्दै गैरहेको र निषेधाज्ञा पालना नभएको भन्दै नुवाकोटमा सेना परिचालन गरिएको छ ।
स्थानीयहरूले निषेधाज्ञा पालना नगरेको गुनासो ब्यापक बढेपछि सेना परिचालन गरिएको बताइएको छ ।
जिल्ला संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो । समुदाय स्तरमा संक्रमण फैलिन थालेपछि जिल्लामा आईतबारदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
आवश्यक परे जिल्लामा कफ्र्यू जारी गर्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।