काठमाडौंमा एकैदिन १३४ जनामा कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौंमा एकैदिन १३४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाको भयाबह अवस्था देखिन थालेको छ । आजमात्रै उपत्यकामा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। संक्रमितमध्ये १६ हजार ६६४ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार मंगलबारमात्रै कोरोनालाई जितेर १७१ जना घर फर्किएका छन्।