पुटिनकी छोरीमाथि कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पुटिनकी छोरीमाथि कोरोनाविरुद्धको भ्याक्सिन सफल परीक्षण



एजेन्सी- रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाएको दावी गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार भ्याक्सिनको सफल परिक्षण भएको छ भने त्यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको छ। ‘गाम कोभिड भ्याक ल्योए’ नामको यो भ्याक्सिन ठूलो संख्यामा उत्पादन गरिने पुटिनले बताएका छन्।

पुटिनले आफ्नै छोरीमाथि परीक्षण भएको र नतिजा सफल देखिएको दावी गरेका छन्। मंगलवार भ्याक्सिन पत्ता लागेको घोषणा गर्दै पुटिनले भनेका छन्, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौँ। त्यसले सरकारीस्तरमा अनुमति पनि पाएको छ।’

कोरोना भाइरसविरुद्ध बनाइएको विश्वकै पहिलो यो भ्याक्सिनलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार गरेका हुन्।

यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइने छ।