भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर: भेन्टिलेटरमा राखियो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर: भेन्टिलेटरमा राखियो



काठमाडौं- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका उनको मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि शल्यक्रिया भएको छ।

शल्यक्रियापछि मुखर्जीको अवस्था गम्भीर रहेकोले भेन्टिलेटरमा राखिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

८४ वर्षका मुखर्जीको शल्यक्रियापूर्व गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोमबार उनको शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको केही घण्टापछि उनलाई भेन्टिलेटरमा सारिएको जनाइएको छ।