जनताले सरकारविरुद्ध प्रदर्शन गरेपछि लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

जनताले सरकारविरुद्ध प्रदर्शन गरेपछि लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा



काठमाडौं- लेबनानको राजधानी बेरुतमा एक हप्ताअघि विस्फोट भएको घटनालाई लिएर सरकार विरुद्ध प्रदर्शन उग्र बन्दै गएपछि लेबनानका प्रधानमन्त्री हसन डिएबले राजीनामा दिएका छन्।

टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री हसनले राजीनामा दिएको घोषणा गरेका हुन्।

१६० जनाभन्दा बढीको मृत्यु हुने गरी भएको विस्फोटपछि सरकार विरुद्ध आन्दोलन सुरु भएको थियो। प्रदर्शनकारीहरुले सरकारले भ्रष्टचारलाई प्रोत्साहित गरेको र काम गर्न नसकेको भन्दै सडकमा ओर्लिएका थिए। प्रदर्शन चर्किँदै गएपछि हसनका मन्त्रिपरिषदका केही सदस्यहरुले राजीनामा दिएका थिए।

राष्ट्रपति मिचेल अउनले हसनलाई अर्को सरकार गठन नभएसम्म कार्यवाहक हैसियतले सरकार संचालन गर्न आग्रह गरेका छन्। हसन गत जनवरीमा मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए।

राजीनामा घोषणा गर्दै हसनले आफ्नो सरकारले गरिरहेको काम देखेर केही शक्तिहरु डराएको आरोप लगाए। उनले जनताको अभिमतकै आधारमा आफूले राजीनामाको निर्णय लिएको घटनाको दोषीलाई कारवाही हुने आशा व्यक्त गरे।