अब काठमाडौं छिर्न नपाइने: यस्तो छ नयाँ व्यवस्था - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अब काठमाडौं छिर्न नपाइने: यस्तो छ नयाँ व्यवस्था



काठमाडौं- अब अत्यावश्यक कामबाहेक राजधानी काठमाडौंमा प्रवेश गर्न नपाइने भएको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएको निष्कर्ष निकाल्दै प्रवेश नाकामा कडाइ गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले यसअघि नै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सवारी र यात्रुलाई उपत्यका प्रवेशमा रोक लगाउदै आएको छ। अब कामविशेष बाहेक उपत्यका प्रवेश गर्न दिइने छैन।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा सरकारले भदौ १ गतेदेखि सुरु गर्ने भनेको सार्वजनिक यातायात, शैक्षिक संस्थामा भर्ना तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान पछि सार्ने निर्णय गरेको छ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने निर्णय पनि गरेको छ।

भारतमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले यो निर्णय गरेको हो। सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै सरकारले थप कडाई गर्ने निर्णय गरेको हो।