अब हरेक अस्पतालले २० वटा बेड कोरोनाका लागि छुट्याउनुपर्ने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अब हरेक अस्पतालले २० वटा बेड कोरोनाका लागि छुट्याउनुपर्ने



काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी, गैरसरकारी सबै अस्पतालहरुलाई २० प्रतिशत बेड कोरोनाका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ।

देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सम्बन्धित अस्पतालहरुले हब अस्पतालमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एचईओसी (स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र)मा यसको बारेमा जानकारी गराउनसमेत आग्रह गरे।

हब अस्पतालभित्रका स्याटेलाइट अस्पतालका बिरामी हबले नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकामा ६ वटा र उपत्यका बाहिर १९ गरी २५ वटा हब अस्पताल तोकिएका छन् ।