कोरोनाबाट थप एकको मृत्यु, वेवारिसे शवमा पनि कोरोना पुष्टि - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

कोरोनाबाट थप एकको मृत्यु, वेवारिसे शवमा पनि कोरोना पुष्टि



वीरगञ्ज- वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ बर्षिया महिलाको मृत्यु भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । वीरगञ्जमा एउटा वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो भने रौतहटका १ जना कोरोना संक्रमितको पनि उपचारको क्रममा वीरगञ्जमै निधन भयो ।

कोरोना संक्रमण नहुँदै उपचार सेवा नपाएर कतिपयले ज्यान गुमाईरहेका छन् । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा उनको निधन भएको थियो ।

आईतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाईराईडको विरामी उनलाई स्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याईएको थियो । गम्भिर अवस्थामा अस्पताल ल्याईएकोले विरामीलाई बचाउन नसकिएको डा सिंह बताउँछन् ।

‘अवस्था विग्रेपछि अन्तिम अवस्थामा मात्रै अस्पताल ल्याउने क्रम बढेको छ । राम्रोसँग उपचार गर्न नपाउँदै विरामीको मृत्यु भईसक्छ ।’ उनले भने ‘ समयमै अस्पतालमा ल्याएको खण्डमा आइसियु र भेन्टिलेटरमा राखेर भएपनि ज्यान जोगाउन प्रयास गर्न सकिन्थ्यो । ’

अस्थायी कोभिड विशेष अस्पतालमा शंकास्पद केसका लागि ६ वेड क्षमताको आकस्मिक कक्ष बनाईएको छ । स्वास प्रस्वासमा समस्या देखिएपछि विरामीलाई वीरगञ्जका अन्य निजी अस्पतालले भर्ना लिने गरेका छैनन् । अन्त्यमा कोभिड अस्पतालमा पुगेर विरामीले प्राण त्याग गर्ने गरेका छन् ।