नेकपाका अध्यक्ष प्रचण्ड आइसोलेसनमा - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

नेकपाका अध्यक्ष प्रचण्ड आइसोलेसनमा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइसोलेशनमा बस्ने भएका छन् । सम्पूर्ण खालका भेटघाट बन्द गरेर उनि होम आइसोलेशनमा बस्ने भएका हुन् ।

अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका बाहिरी घेराका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ भने काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्था आएकाले उनले सबै खालका भेटघाट बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

पछिल्लो समय नेपालमा पनि उच्चपदस्थहरूमा कोरोना संक्रमण बढ्दै गैरहेको अवस्थालाई मध्यनजर गर्दै उनले यस्तो निर्णय लिएको जनाइएको छ ।

अध्यक्ष प्रचण्डले अत्यावश्यक बाहेकका सबै भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । उनले पिसिआर परीक्षण गर्न दिएका छन् । अर्को रिपोर्ट नआएसम्म आइसोलेशनमा बस्ने अध्यक्ष प्रचण्डले बताएका छन् ।