नेपाली सेनालाई भारतले दियो १० वटा आईसियु भेन्टिलेटर - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

नेपाली सेनालाई भारतले दियो १० वटा आईसियु भेन्टिलेटर



काठमाडौं- कोरोना संक्रमणको महामारी भैरहेका बेला भारत सरकारले नेपाली सेनालाई १० वटा आईसियु भेन्टिलेटर सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई १० वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका हुन् । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उनले आइसीयु भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाले दश वटा भेन्टिलेटरको करिब २ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताएको छ । भारत सरकारले नेपाली सेनालाई उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ । उक्त भेन्टिलेटर कोरोना भाइरसको संक्रमितहरुको उपचारमा उपयोग हुनेछ ।