प्रकाश सुवेदी र रजतपट फोहोर भए, धुने र फेर्ने बेला भयो: नायिका ऋचा शर्मा - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रकाश सुवेदी र रजतपट फोहोर भए, धुने र फेर्ने बेला भयो: नायिका ऋचा शर्मा



काठमाडौं- सञ्चारकर्मी प्रकाश सुवेदीले एक टेलिभिजन कार्यक्रममा नायिकामाथि गरेको कटाक्षको विषयलाई लिएर नायिका ऋचा शर्माले आक्रोश व्यक्त गरेकी छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले मैले बुझेको रजतपटको अर्थ–चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुँदै गएको छ, शायद धुने बेला आएको छ, शायद फेर्ने बेला आएको भन्दै आक्रोश व्यक्त गरेकी हुन। इन्टरभ्यु दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनु पर्ने, त्यो पनि मिलाइ मिलाइ‘ महानायिका बनाइदिनु पर्ने, त्यो पनि दारा निस्केको अनुहारलाई‘ कति हाँस्नु’ भनेर सुवेदीले कटाक्ष गरेपछि सामाजिक संजालमा आलोचना भैरहेको छ।

‘त दारे छस, त काली छस, भ्यात्त परेकी परेकी छस्। यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजन मा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला? एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ’, नायिका शर्माले लेखेकी छिन, ‘मेरो शरीरको बनावट उनीहरुले चाहे झै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु।

जब-जब मान्छेले आफुलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन, ठूला-ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस्।’ नायिका शर्माले आफुहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएको र कसैले हामीलाई महानायिका बनाउनु आवश्यक नभएको लेखेकी छन्। ​’

कठै हाम्रो समाज र ती अग्रज भनाउदाहरु, त्यों भन्दा कठै उनिहरु को सोच। एक दशक देखि यस क्षेत्रमा रहिरहेको म र मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यस पछि औंशी भन्छन, तिनलाई हाँसेरै भन्दिनुस की दोष तिनको दृष्टिकोणमा छ, सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ’, फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छिन, ‘सुनाई दिनुस, चन्द्रमा आफ्नो दाग बिच नै सुन्दर छ। रह्यो कुरा राष्ट्रिय च्यानल भनेर प्रसारण गर्नेहरुको, सायद अब उहाँहरुले स्वतः समिक्षा गर्ने अवसर पाउनु भएको छ।

मैले बुझेको रजतपटको अर्थ – चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ।’