बुटवलमा खतराको संकेत: अस्पतालकी कर्मचारी, उनका श्रीमान र नेकपाका नेता कोरोना संक्रमित - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

बुटवलमा खतराको संकेत: अस्पतालकी कर्मचारी, उनका श्रीमान र नेकपाका नेता कोरोना संक्रमित



बुटवल- प्रदेश नं पाँचको राजधानी बुटवलमा पनि कोरोना भाइरस संक्रमणले खतराको संकेत देखाएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए/नफैलिएको यकिन गर्न गरिएको मास परिक्षणमा स्थानीय नेता सहित अस्पतालका कर्मचारीका परिवारमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलले समुदायका २ सय ३८ वटा स्वाब संकलन गरि परिक्षण गरेको थियो । जसमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ ।

संकलन गरिएका २ सय ३८ नमुना मध्ये समुदायसंग सरोकार राख्ने ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ४ जनामा एक बुटवल १३ का स्थानीय नेकपाका नेता भएको स्रोतले बताएको छ । स्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी र उनका श्रीमानमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै अर्का एक जना भने सिद्धार्थनगरका पुरुष हुन्।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र स्थानीय नेता सम्मलाई कोरोना संक्रमण देखिएपछि खतराको संकेत देखिएको हो ।