विद्युत् प्राधिकरणका कर्मचारी १ करोड २५ लाखका चेकसहित समातिए - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

विद्युत् प्राधिकरणका कर्मचारी १ करोड २५ लाखका चेकसहित समातिए



काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखा धनुषा कार्यालयका प्रमुख उपप्रबन्धक रितेश गुप्तालाई करोड बढीका कार्यालयका चेकसहित पक्राउ गरेको छ।

आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँबराबरको हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत हुन बाँकी चेकसँग सम्बन्धित कागजात बोकेर काठमाडौं जाने क्रममा सिन्धुलीबाट पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

आयोगका अनुसार गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी काठमाडौं जाँदै गर्दा पक्राउ गरेको हो।

उनी सिन्धुली कमलामाई नगरपालिका ९ बाट अख्तियरको नियन्त्रणमा परेका हुन्। उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।