रुपन्देहीमा कार दुर्घटना: तीनको मृत्यु - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रुपन्देहीमा कार दुर्घटना: तीनको मृत्यु



बुटवल- रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। भैरहवा परासी हुलाकी सडक खण्डको रोहिणी गाउँपालिका वार्ड नम्बर ४ छिपागढमा कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

परासीबाट भैरहवातर्फ आउँदै गरेको लु२च ६७५६ नम्बरको कार गएराति आफै अनियन्त्रत भई सडकदेखि १० मिटर उत्तर साइडमा पल्टदा कारमा सवार तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ४ बस्ने २७ वर्षीय देबेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका वार्ड नम्बर ३ मर्यादपुर बस्ने २८ वर्षीय नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका वार्ड नम्बर १२ पथगावा बस्ने १२ वर्षीय को प्रदिप ठाकुर छन्।

प्रहरीका अनुसार घाइते रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नम्बर ४ बालापुर बस्ने ३४ वर्षीय अनिल यादवको भैरहवामा रहेको मेडिकल कलेज उपचार भइरहेको छ।