भारतको केरलामा भिषण पहिरो: १६ जनाको मृत्यु, ६० बढी बेपत्ता
काठमाण्डौ – भारतको केरलामा ठूलाे वर्षापछि भिषण पहिरो जाँदा १६ जनाको मृत्यु भएको छ । पहिरोमा परी वेपत्ता हुनेहरू भने ६० जनाभन्दा धेरै छन् ।
केरलाको इडुक्की जिल्लामा गएको ठूलो पहिरोमा १६ जनाको ज्यान गएको र हराइरहेका ६० जनाभन्दा धेरैको खोजी भइरहेको केरलाका मुख्यमन्त्री पिनारइ विजयनले बताएको बीबीसीले जनाएको छ ।
भारतीय संचार माध्यमका अनुसार उक्त स्थानबाट ५० जनाको उद्धार गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्ति गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका चहन ।
केरला राज्यमा ठूलो वर्षापछि ठाउँ–ठाउँमा बाढी र पहिरोको प्रकोप बढेको छ ।