काठमाडौंको अवस्था थप जटिल: एकैदिन थपिए १०६ संक्रमित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

काठमाडौंको अवस्था थप जटिल: एकैदिन थपिए १०६ संक्रमित



काठमाडौं- काठमाडौं उपत्यकाको अवस्था थप जटिल बन्दै गइरहेको छ । उपत्यकामा आजामात्र थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। तीमध्ये १५ हजार ८१४ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै ४२५ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।