महावौद्ध र असनका व्यापारीहरूमा कोरोना संक्रमण: पसलहरु बन्द - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

महावौद्ध र असनका व्यापारीहरूमा कोरोना संक्रमण: पसलहरु बन्द



काठमाडौं । काठमाडौं र असनका व्यापारीहरूमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पछिल्लो समय राजधानी काठमाडौंका विभिन्न स्थानमा कोरोना संक्रमणको भयाबह रुप देखिन थालेको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख जानकारीअनुसार देखिएपछि त्यस क्षेत्रका पसलहरु बन्द गराइएको छ ।

त्यसक्षेत्रका दुईजना व्यापारीमा हालै कोरोना संक्रमण देखिएपछि पसलहरु बन्द गराइएको हो । उक्त क्षेत्रमा यसअघि पनि एकै परिवारका ३ जनामा कोरोना संक्रमण भएको थियो ।

कहिलेसम्म बन्द गराउने भन्नेबारेमा कुनै निर्णय भएको छैन । उनीहरुको कन्ट्याकमा रहेकाहरुलाई पनि कोरोना परीक्षण गराउने तयारी भैरहेको बताइएको छ ।