प्रधानमन्त्रीका सल्लाहकार रिमालले दिए नारायणकाजीलाई चेतावनी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रधानमन्त्रीका सल्लाहकार रिमालले दिए नारायणकाजीलाई चेतावनी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठविरुद्ध खनिएका छन् । आक्रोशपूर्ण अभिव्यक्ति दिँदै रिमालले ‘विधि र पद्दति’को नक्कली गीत गएको आरोप समेत लगाएका छन् ।

रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र प्रवक्ता नारायाणकाजी श्रेष्ठले गोप्य पत्रकार भेला बोलाएपछि गुटको प्रश्रय गर्न थालेको आरोप लाग्दै आएको छ भने पार्टीको आन्तरिक द्वन्द्व गहिरिँदै गएको छ ।

पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउन भूमिका खेलेको चर्चा चलिरहेका बेला सल्लाहकार रिमालले विधि र पद्दतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेका छन्।

रिमालले प्रवक्ता श्रेष्ठविरुद्ध चेतावनीयुक्त ट्विट लेख्दै नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका रिमालले पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह समेत गरेका छन्। ‘नारायणकाजी श्रेष्ठजी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!’, ट्विटरमा रिमालले लेखेका छन्।

उनले मुलुक संवेदनशील मोडमा रेहेको बताउँदै पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट हुन नहुने बताएका छन्।