अमेरिका र ब्राजिललाई पछि पार्दै भारतमा थपिए दोब्बर संक्रमित - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अमेरिका र ब्राजिललाई पछि पार्दै भारतमा थपिए दोब्बर संक्रमित



काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा देखिएको छ। संक्रमणदर उच्च रहेका अमेरिका र ब्राजिललाई पनि भारतले उछिनेको हो।

पछिल्लो ९ दिनमा भारतमा दोब्बर संक्रमित थपिएका छन् । वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर गरेर दुई लाख ७१ हजार नौ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

यस अवधिमा भारतमा मात्रै ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यसबीचमा अमेरिकामा ५८ हजार तीन सय ३८ र ब्राजिलमा ५४ हजार आठ सय एक जनामा संक्रमण पुष्टि भएको छ।

कोलम्बियामा बिहीबार एकै दिन झण्डै १० हजारमा संक्रमण पुष्टि भएको छ।

भारतमा संक्रमितको संख्या २० लाख नाघेको छ। शुक्रबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार त्यहाँ २० लाख २५ हजार चार सय नौ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमणको कारण अहिलेसम्म भारतमा ४१ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमणको कारण नौ सयले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा ब्राजिलमा १२ सय २६, अमेरिकामा ११ सय ८२, मेक्सिकोमा ८ सय २९, दक्षिण कोरियामा तीन सय ६, कोलम्बियामा तीन सय १५ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ३७ हजार सात सय ४८ पुगेको छ भने मृतकको संख्या सात लाख १७ हजार पाँच सय २७ पुगेको छ।