अमेरिकाले भारतलाई अत्याधुनिक हतियार दिने - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

अमेरिकाले भारतलाई अत्याधुनिक हतियार दिने



एजेन्सी-अमेरिकाले भारतमा हतियार बिक्री बढाउने योजना बनाइरहेको छ । यी हतियारमा सशस्त्र ड्रोन पनि समावेश भएको मिडियाहरुले जनाएका छन् । यी ड्रोनले १००० पाउन्ड भन्दा ठूला बम र मिसाइल ओसार्न सक्ने बताइएको छ ।

केही महिना अगाडि चिनियाँ र भारतीय सेनाबीच लद्दाखमा भएको हिंस्रक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

फरिन पोलिसी पत्रिकाले अमेरिकी अधिकारी र संसदका सहभागीसँगको साक्षात्कारको रिपोर्टको आधारमा भनेको छ,“अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारत र चीनबीच भएको हिंसक झडपलाई मध्येनजर गर्दै भारतमा हतियारको बिक्री बढाउने योजना बनाइरहेको छ । जसमा वासिङटन र बेइजिङबीच रहेको तनावको एक अर्को मुद्धा खडा गर्नेछ ।”

अधिकारीहरुलाई उद्र्धृत गर्दै पत्रिकाले भनेको छ,“अमेरिकाले हालैको महिनामा भारतलाई नयाँ हतियार बिक्रीको योजना तयार पारेको छ । जसमा सशस्त्र ड्रोन जस्ता उच्च स्तरका हतियार प्रणालीको प्रविधि पनि समावेश छ ।” ट्रम्पले भारत जस्ता विदेशी साझेदारलाई सैन्य स्तरमा ड्रोनको बिक्रीलाई प्रतिबन्धित गर्ने नियम पनि संशोधन गरेका छन् ।

यसबाट अमेरिकाको सशस्त्र ड्रोनको बिक्रीमाथि विचार गर्ने अनुमती मिल्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

यसलाई हतियारको गती र पेलोडका कारण प्रतिबन्धित गरिएको थियो । घटनासँग जानकार एक सांसदले फरिन पोलिसीलाई भने,“अमेरिकाले भारतलाई सशस्त्र प्रीटेटर्स उपलव्ध गराउने छ ।” एमक्यू–१ प्रिडेटर–१ ड्रोन १००० पाउन्ड भन्दा बढीको बम र मिसाइल बोक्न सक्छ ।