भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा ८ को मृत्यु
काठमाडौं- भारत अहिले कोरोना महामारीको गम्भीर परिस्थितिमा गुज्रिरहेको छ । कोरोना महामारीले थालिएकै बेला भारतको एक कोरोना अस्पतालमा आगलागी भएको छ ।
भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी भएपछि कारण ८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
अस्पतालमा रहेका अन्य ३५ कोरोना संक्रमितलाई अर्को स्थानमा सारिएको छ ।
बिहिबार विहान साढे ३ बजे यो आगो लागेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँको अस्पतालको आइसियूमा आगो लागेको र पूरै अस्पतालमा आगो फैलिएको बताइएको छ ।