बिहिबार देखि लागु हुनेगरी सरकारले लगायो नयाँ नियम (सुची सहित) - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

बिहिबार देखि लागु हुनेगरी सरकारले लगायो नयाँ नियम (सुची सहित)



काठमाडौं । सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोनाको संख्या २ सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चत्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने निर्णय भएको छ ।

मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिवाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ ।

यी जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने बुढाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।