राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगे - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगे



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुगेका छन्। आज बुधबार साँझ ८ बजेतिर उनि शितल निवास पुगेको स्रोतले बताएको छ ।

नेकपाभित्र चर्किएको विवादका बीच ओलीइतरका नेताहरूले कारबाहीको संकेत देखाएपछि उनी राष्ट्रपति निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ । विवाद बढ्दा प्रायः जसो राष्ट्रपति कार्यालय पुग्ने आली आज पनि पुगेका छन् ।

लामो समयदेखि नेकपामा जारी विवादले उग्र रुप लिएको छ । ओलीलाई प्रचण्ड-नेपाल समुहले दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद डेड महिनादेखि उत्कर्षमा हो ।

राष्ट्रपति भण्डारीले पार्टी भित्रको विवादमा अनावश्यक चासो दिएको र प्रधानमन्त्री ओलीलाई च्यापेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओली भने हरेक सल्लाह र पार्टीको विवाद मिलाउन राष्ट्रपति निवास पुग्ने गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुनु स्वभाविक हुने भए पनि नेकपाभित्र शक्ति संघर्ष बढिरहँदा भण्डारीले ओलीलाई पदीय गरिमा बिर्सेर सहयोग गरिरहेको चर्चा हुँदै आएको छ।

बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हुने भनिएको छलफल अन्तिम समयमा रोकिएको थियो। ओलीसँगको छलफल रोकेर दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, मावधकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु आन्तरिक रणनीति बनाउन लागेपछि ओली पनि शितल निवास पुगेका हुन्।