यामाहा शोरुमका सात कर्मचारीलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

यामाहा शोरुमका सात कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं- यामाहा शोरुमका सात कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिपुरेश्वरस्थित एमएडब्लु एन्टरप्राइजेजका रहेका यामाहा, (मोरेङ अटो वर्क्स्) का सात जना स्टाफमा कोरोना देखिएको हो ।

यामाहा शोरूम एमएडब्लु एन्टरप्राइजेजमा काम गर्ने ती कर्मचारीहरूको काठमाडौं प्रयोगशालामा परिक्षणम गर्दा रिर्पोट पोजेटिभ आएको स्रोतले बताएको छ ।

संक्रमितलाई सोल्टी होटलको आइसोलेसनमा राखिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ सुरु गरिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।