भैंसेपाटीबाट प्रचण्डलाई यसरी फर्काए वामदेवले - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भैंसेपाटीबाट प्रचण्डलाई यसरी फर्काए वामदेवले



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफु कुनै गुटमा नलाग्ने बताएका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड गौतमको निवासमै पुगेका थिए । उक्त भेटमा नेता गौतमले आफु कुनै गुटमा नलाग्ने जवाफ दिएको पत्रकार एवं गौतमका सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए ।

‘आजको भेटमा अध्यक्ष क. प्रचण्डले उपाध्यक्ष क. गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो ।’ सुवेदीले भने ।

गएको साउन १३ गते उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्षसमक्ष राखेको प्रस्तावमाथी सोही दिन पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेका छन् ।

आजको भेटमा गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेको सुवेदीको भनाई छ । सुवेदीका अनुसार आजको भेटमा प्रचण्डले सोधे ‘अब तपाईं के गर्नुहुन्छ ?’ गौतमले भने ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।