सुशान्तबारे नयाँ खुलासा: बाबुले पहिले नै प्रहरीलाई सुचना दिएका थिए
एजेन्सी- अहिले भारतीय सिने बजार बलिउड अभिनेता सुशान्त सिंह राजपुतको बिषयले तातेको छ । यस्तैमा सुशान्तबारे नयाँ खुलासा भएको छ ।
सुशान्त सिंह राजपुतका बाबु केके सिंहले छोराको ज्यानलाई खतरा भएको पहिले नै मुम्बई प्रहरीलाई जानकारी दिएको खुलासा भएको हो । २५ फ्रेबुअरीमा नै उनले प्रहरीलाई ह्वाट्सयापबाट यो जानकारी पठाएर उचित कारवाही गर्न माग गरेका रहेछन् ।
भारतीय मिडिया लाइभहिन्दुस्तानले जनाए अनुसार यो मेसेजमा सुशान्तका बाबुले अन्य विभिन्न विवरणहरू लेखेका थिए । उनले सुशान्तको डिप्रेसनको उपचार भइरहेको मौकामा रिया र उनको परिवारले सुशान्तलाई एक रिसोर्टमा लगेको र त्यहाँ तीन महिना राखिएको पनि सन्देश पठाएका रहेछन् ।
सुशान्तका भरपर्दा कामदारहरुलाई पनि रियाले निकालिदिएको भन्दै सुशान्तका बाबुले प्रहरीलाई उनको हेरचाह गर्न अनुरोध पनि गरेका रहेछन् । तर, मुम्बई प्रहरीले ह्वाट्सयापमा पाएको मेसेजलाई आफूहरुले आधिकारिक मान्न नमिल्ने जनाएको छ ।